कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

परराष्ट्रमन्त्री खड्का र यूरोपेली सांसदको टोलीबीच भेट

काठमाडौँ — नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेको छ । यूरोपेली संसदका उपाध्यक्ष इभलिन रेगनरको नेतृत्वमा रहेको उक्त टोलीले शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेट गरेको हो ।

परराष्ट्रमन्त्री खड्का र यूरोपेली सांसदको टोलीबीच भेट

यस क्रममा वातावरण, जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जा, व्यापार तथा लगानीका विषयमा कुराकानी भएको थियो ।

साथै, नेपालले कम विकसित मुलुकको अवस्थाबाट उत्तीर्ण हुने र त्यसको तयारीका सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, पर्यटन उद्योगको पुनरुत्थान र नागरिक उड्डयनलगायत नेपाल र यूरोपेली यूनियन बीचको साझेदारीका विभिन्न महत्त्वपूर्ण क्षेत्रमा छलफल केन्द्रित रहेको उल्लेख छ ।

प्रकाशित : आश्विन ७, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?