नक्कली प्रमाणपत्र बुझाएको भन्दै मन्त्रीकी पत्नीविरुद्ध मुद्दा

काठमाडौँ — कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । आरोपित सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नी हुन् ।

नक्कली प्रमाणपत्र बुझाएको भन्दै मन्त्रीकी पत्नीविरुद्ध मुद्दा

सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको पनि अख्तियारले जनाएको छ ।

'२०५९ को दफा १६ को उपदफा १ मा परिभाषित झुटा प्रमाणपत्र पेस गरी भ्रषटाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,' अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन ७, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?