३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ — सत्ता गठबन्धनको बैठक बस्दैछ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धनमा रहेका पाँच दलबीच सिट बाँडफाँटबारे सहमति हुन सकेको छैन । सिट बाँडफाँटमा सहमति खोज्न शीर्ष नेताहरूसहित सिट बाँडफाँट कार्यदलका नेताहरूको बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

शुक्रबार दिउँसो साढे १ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटको टुंगो लागेको छैन । नेताहरू निरन्तर छलफलमा छन्, तर सहमति हुन सकेको छैन । दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

तर, कुन सिट कुन दलले लिने भन्नेमा एकमत हुन सकेको छैन । सिट बाँडफाँटकै विषयमा शुक्रबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच समेत छलफल भएको थियो ।

प्रकाशित : आश्विन ७, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?