कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दाहाल, नेपाल र यादवबीच छलफल

काठमाडौँ — सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सकस परिरहेका बेला कांग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो ।

दाहाल, नेपाल र यादवबीच छलफल

गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि दाहाल, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् ।

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुंगो लागेको छैन । ‘गठबन्धनमा सिटको बाँडफाँट मिल्न सकेको छैन । त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भयो,’ जसपाका एक नेताले भने, ‘गठबन्धनमा दलहरूबीचको सिट बाँडफाँटमा तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे कुराकानी भएको छ ।’

प्रकाशित : आश्विन ७, २०७९ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?