१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युवालाई ५० प्रतिशत टिकट दिन कांग्रेसमा माग

काठमाडौँ — नेपाली कांग्रेसका युवा नेताहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा ५० प्रतिशत टिकट युवालाई दिनुपर्ने माग गर्दै नेताहरुको घर घेराउ गर्ने भएका छन् । काठमाडौंको एक होटलमा आयोजना गरिएको भेलाले प्रधानमन्त्री निवास बालुवाटार घेर्नेदेखि विद्रोह गर्नेसम्मका चेतावनी दिएका छन् ।

युवालाई ५० प्रतिशत टिकट दिन कांग्रेसमा माग

उनीहरुले प्रत्येक प्रदेशमा शुक्रबार र शनिबार भेला आयोजना गर्ने भएका छन् ।

आइतबार राजधानीमा अनुपम फुडल्यान्डमा कार्यक्रम आयोजना गरेर विद्रोहको घोषणा गर्ने जनाएका छन् । 'पार्टी नेतृत्वले एकलौटीरुपमा अगाडि बढेकोमा हाम्रो आपत्ति छ । हामी प्रदेश भेला र केन्द्रमा पनि भेला गर्ने कार्यक्रम रहेको छ,' नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री मोती भण्डारीले, 'युवाहरुले ५० प्रतिशत टिकट वितरण गराउन नेताहरुको घर घेराउ गर्छौं । एकलौटी गरे विद्रोह पनि हुन्छ ।'


प्रकाशित : आश्विन ६, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?