भीमफेदीको जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

सुवास विडारी

मकवानपुर — हेटौंडा-कुलेखानी छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक मिनि बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ६ जनाको मृत्यु भएको र अहिले प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

भीमफेदीको जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बसमा सवार यात्रुको संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियो । शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिरहेको छ ।

बस दुर्घटनाले अहिले छोटो मार्ग अवरुद्ध भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?