कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
सत्ता गठबन्धनलाई कानुनविद्को सुझाव

'राष्ट्रपतिको कदमको व्याख्या अदालतबाट हुनु उत्तम'

काठमाडौँ — नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध अदालतबाट कानुनी उपचार खोज्नुपर्ने धेरैजसो कानुन व्यावसायीले सुझाव दिएका छन् । राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गरेको सत्ता गठबन्धनका नेताहरूले अब के कदम चाल्ने भन्नेबारे बुधबार कानुनविद्हरुसँग छलफल गरेका थिए ।

'राष्ट्रपतिको कदमको व्याख्या अदालतबाट हुनु उत्तम'

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कानुनविद्हरूले दुईथरि सुझाव दिएका थिए । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत सहभागी छलफलमा १५ दिनको समयावधिमा प्रमाणीकरण नभए त्यसलाई राजपत्रमा प्रकाशित गर्न सकिने सुझाव दिएका थिए । तर अरु केही कानुनविद्ले भने यसको अदालतबाट व्याख्या हुनुपर्ने धारणा राखेका थिए । यसको अदालतबाट व्याख्या नभए गलत नजिर बस्ने भएकाले ख्याल गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

राष्ट्रपति र सरकार परस्परविरोधी संस्था नभएकाले सरकार नै राष्ट्रपतिविरुद्ध अदालतमा जानु ठीक नहुने कानुनविद्हरुको सुझाव थियो । त्यसका लागि कुनै न कुनै रुपमा कानुन व्यावसायीलगायतबाट अदालतमा मुद्दा जाने र त्यसमा अदालतबाटै व्याख्या हुँदा राम्रो हुने सुझाव थियो ।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार केशवराज जोशीले निर्वाचनको समय भएकाले कुनै पनि घटनाका कारण चुनाव निबिथोलियोस् भन्नेमा दलहरु सचेत रहेको बताए । छलफलपछि सत्ता गठबन्धनका नेताहरु छुट्टै छलफलमा बसेका थिए । थप कसरी अघि बढ्ने भन्नेबारे उनीहरुको निर्णय आइसकेको छैन ।

प्रकाशित : आश्विन ५, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?