कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आयोगले गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न/ गराउनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।

आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको हो ।

प्रकाशित : आश्विन ५, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?