वर्ष दिनमै अख्तियारमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको छ । अख्तियारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्यामप्रसाद भण्डारीले ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १६ हजार २३८ उजुरी परेको जनाएका हुन् ।

वर्ष दिनमै अख्तियारमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित अख्तियारमा अहिले २४ हजार ३३१ भ्रष्टाचारसम्बन्धी उजुरी रहेको प्रतिवेदनमा उलेख छ । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टंगालमा १२ हजार ३०० र मातहतका कार्यालयहरुमा १२ हजार ३१ उजुरी रहेका छन् ।

गत आब ०७८/७९ मा दर्ता उजुरीमध्ये सबभन्दा बढी २७.७ प्रतिशत अर्थात् ४ हजार ४९५ लिखित निवेदन, हुलाक सेवाबाट १७ प्रतिशत अर्थात् २ हजार ७६०, इमेलबाट २ हजार ७५७ अर्थात् १७ प्रतिशत उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वेबसाइट, टेलिफोन, समाचारपत्र, मोबाइल एप, फेसबुकलगायत स्रोतबाट उजुरी आएको आयोगले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?