कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
वार्षिक प्रतिवेदन

अख्तियारद्वारा १ सय ३१ मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा १ सय ३१ वटा मुद्दा दायर गरेको छ । बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले अदालतमा दर्ता गरेका मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी रहेको जनाएको छ ।

अख्तियारद्वारा १ सय ३१ मुद्दा दायर

सम्पत्ति हानि नोक्सानीका ३५ वटा मुद्दा, गैरकानुनी लाभ वा हानि पुर्‍याएको सम्बन्धी मुद्दा ३४ वटा छन् ।

यस्तै, घूससँग सम्बन्धित मुद्दाको संख्या ३२, झूठा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दा ६, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ७, राजस्व चुहावटसम्बन्धी ५ र विविधसम्बन्धी १२ वटा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ती मुद्दामा ५ सय ३८ पुरुष र १०१ महिला गरेर ६ सय ३९ जना प्रतिवादी रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यस्तै ती मुद्दामा अख्तियारले २ अर्ब ७९ करोड २७ लाख ४८ हजार बराबरको बिगो मागदाबी पनि गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?