१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

काठमाडौँ — नेपाल र भारत सरकारको सहसचिव स्तरीय बैठक सुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुईदिने बैठक सुरु भएको हो ।

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ । नेपालबाट भारततर्फ बहने अन्य नदीहरुको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।

नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरुका बारेमा छलफल हुनेछ ।

प्रकाशित : आश्विन ५, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?