२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : पौडेल

पौडेलले सामाजिक संजाल मार्फत् जननिर्वाचित संसद्बा‍ट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको सट्टा विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका छन् ।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार भएको पौडेलको निष्कर्ष छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’

राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समय गुजारेकी छन् । संसद्‍ले विधेयक दोश्रो पटक पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

प्रकाशित : आश्विन ५, २०७९ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?