बन्दसूचीमा समानुपातिकतर्फ ४८ दल दर्ता

काठमाडौँ — निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको हो । बन्दसूचीमाथि आयोगले आज छानबिन समेत गर्दैछ ।

बन्दसूचीमा समानुपातिकतर्फ ४८ दल दर्ता

समानुपातिक सिट संख्या जम्मा १ सय १० रहेको आयोगले जनाएको छ । जम्मा समानुपातिक सिट संख्या ३७ भएको प्रदेश १ मा ३६ दलले बन्दसूची दर्ता गराएका छन् भने सिट संख्या ४३ भएको मधेस प्रदेशमा ३६ दलमात्र बन्दसूचीमा दर्ता भएका छन् । यसैगरी वाग्मती प्रदेशमा कुल सिट संख्या ४४ भएकोमा ४० दलले बन्दसूची दर्ता गराएका छन् भने २४ सिट संख्या भएको गण्डकीमा ३१ दल बन्दसूचीमा दर्ता भएका छन् ।

लुम्बिनी प्रदेशमा ३२ दलले समानुपातिक निर्वाचनतर्फ बन्दसूची दर्ता गराएका छन् । यहाँ जम्मा समानुपातिक सिट संख्या ३५ रहेको आयोगले जनाएको छ । त्यस्तै १६ सिट संख्या रहेको कर्णाली प्रदेशमा २८ दलले बन्दसूची दर्ता गराएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३४ दलले बन्दसूची दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ कूल २१ सिट संख्या रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० जना समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । दलहरूले बन्दसूचीमा क्रम तलमाथि पार्न सक्ने आयोगले जनाएको छ ।

बन्दसूची दर्ता गराउने दलहरू:

No description available.

No description available.

प्रकाशित : आश्विन ४, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?