२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एकीकृत समाजवादीले बुझायो समानुपातिक उम्मेदवारको सूची

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा पठाएको छ । आयोगले दिएको समयावधिभित्र एकीकृत समाजवादीले सोमबार प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूची पठाएको हो ।

एकीकृत समाजवादीले बुझायो समानुपातिक उम्मेदवारको सूची

समानुपातिक उम्मेदवारमा सिफारिस हुनेमा प्रमेश हमाल, गंगालाल तुलाधर, नगेन्द्र चौधरी, सावित्रा भुसाल, भविश्वर पराजुली, रामचन्द्र यादव, श्रीप्रसाद साहलगायत छन् ।

जसमध्ये हमाल पार्टीको उपाध्यक्ष हुन् भने तुलाधर उपमहासचिव हुन् । यस्तै यादव, चौधरी, पराजुली र साह स्थायी कमिटीका सदस्य हुन् ।

प्रकाशित : आश्विन ३, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?