कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लौरो चुनाव चिह्न खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ — हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा आइतबार उजुरी परेको छ । काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले आइतबार निर्वाचन आयोगमा पुगेर हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरोविरुद्ध उजुरी दिएका हुन् । 

लौरो चुनाव चिह्न खारेजीको माग गर्दै आयोगमा उजुरी

बालेन्द्र शाह लौरो चुनाव चिह्नबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएसँगै अनन्तराज घिमिरेले हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । आयोगले हाम्रो नेपाली पार्टीलाई २०७९ असार २९ मा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो । आयोगको सूचीमा उक्त पार्टीको दर्ता नम्बर १८८ उल्लेख छ ।

दलको रुपमा दर्ता भइसकेपछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाली पार्टीले आफूलाई स्वतन्त्र भनेर दाबी गर्नु कानुनविपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर-५ का स्वतन्त्र उमेदवार विजय कँडेल बताउँछन् ।

'पार्टीको नाममा दर्ता भइसकेको चिह्न कसरी स्वतन्त्र रह्यो ?', कँडेलले भने, 'लौरो चिह्न विवादित भएपछि हाम्रो नेपाली पार्टीलाई अर्को चिन्ह दिनुपर्छ भन्ने हाम्रो माग हो ।'

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले पनि लौरो चुनाव चिह्न स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले हाम्रो नेपाली पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो चुनाव चिह्न खारेज गर्नुपर्ने माग राखे ।

प्रकाशित : आश्विन २, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?