३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

यूएनको ७७ औं महासभामा परराष्ट्र सचिव नेतृत्वको टोली सहभागी हुने

जगदीश्वर पाण्डे

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) को ७७ ‌औं महासभामा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली जाने भएको छ । परराष्ट्र स्रोतका अनुसार सचिव पौड्यालले नेपालको तर्फबाट महासभामा सम्बोधन गर्नेछन् ।

यूएनको ७७ औं महासभामा परराष्ट्र सचिव नेतृत्वको टोली सहभागी हुने

मन्त्रालय स्रोतका अनुसार सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवा र त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा यूएनको महासभामा न्यूयोर्क जाने गरी गृहकार्य गरेको थियो ।

निर्वाचनको घोषणा भइसकेको र आन्तरिक व्यवस्थताका कारण सुरुमा प्रधानमन्त्री देउवा नजाने टुंगो लागेको थियो । त्यसपछि मन्त्रालयले परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा महासभामा जाने गरी गृहकार्य गरेको थियो । मन्त्री खड्का पनि चुनावी गृहकार्यले जाने नसक्ने भएपछि परराष्ट्र सचिव पौड्याल नेतृत्वमा नेपालको लागि न्यूयोर्क जान लागेको हो ।

यूएनको ७७ औं महासभा भदौ २८ बाट न्यूयोर्कमा सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय सत्र असोज ४ देखि १० सम्म हुनेछ । जहाँ विश्वभरका अधिकांश सरकार प्रमुख वा राष्ट्रप्रमुख आएर आ–आफ्नो धारणा राख्छन् । यूएनको ७६ औं महासभामा परराष्ट्रमन्त्री खड्काले नेपाली टोलीको नेतृत्व गरेका थिए । महासभामा एक सय १९३ मुलुकका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

प्रकाशित : आश्विन २, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?