कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जबरा निवासबाट निस्किने गाडीलाई पनि ‘चेकिङ’

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा जाने र बाहिरिने गाडीहरूलाई सोधपुछ गरेर मात्र भित्र जान र बाहिर निस्किन दिइरहेको छ । भित्रबाट गाडी निस्किँदा बाहिर रहेका सुरक्षाकर्मीले गाडी नम्बर, उनीहरूको नाम, कारभित्र भएका मानिसबारे सोध्ने र गाडी जाँच गरेर मात्र बाहिर निस्किन दिइरहेका छन् ।

जबरा निवासबाट निस्किने गाडीलाई पनि ‘चेकिङ’

सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले आइतबार बिहान नेपाल प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको छ ।

सरकारले प्रहरी प्रधान कार्यालयलाई सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको छ । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो । बाहिर निस्कन प्रतिकूल अवस्था रहेको भन्दै जबरालाई अदालत नजान भनिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरमा कार्यालय समयअघि नै जनशक्ति परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ(शनिबार) जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।

प्रकाशित : आश्विन २, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?