२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
तस्बिरहरू

जबरा निवासमा बाक्लो सुरक्षा

तस्बिर : अंगद ढकाल

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवास परिसर, बालुवाटारमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले आइतबार बिहान नेपाल प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको हो ।

जबरा निवासमा बाक्लो सुरक्षा

जबरा निवासभित्र छिर्ने र बाहिरिने गाडी हरुको पुलिसले सोधपुछ गरेर मात्र भित्र छिराउने र बाहिर निस्किन दिइरहेको छ । भित्रबाट गाडी निस्कँदा बाहिर रहेका सुरक्षाकर्मीले उनीहरुको नम्बर, नाम सोधेर, कारभित्र को–को छन् भनेर जाँच गरेर मात्र बाहिर निस्किन दिइरहेका छन् ।

सरकारले प्रहरी प्रधान कार्यालयलाई सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको छ । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो । बाहिर निस्कन प्रतिकूल अवस्था रहेको भन्दै जबरालाई अदालत नजान भनिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरमा कार्यालय समयअघि नै जनशक्ति परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ(शनिबार) जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।


प्रकाशित : आश्विन २, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?