२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अछाम पहिरो : १२ को मृत्यु, ११ जना अझै बेपत्ता

मेनुका ढुंगाना

अछाम — अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ  । शनिबार बिहान १० बजेसम्म ११ जना बेपत्ता रहेका छन् ।

अछाम पहिरो : १२ को मृत्यु, ११ जना अझै बेपत्ता

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा २ जनाको शव फेला परेको छ भने ७ जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै, ढकारी गाउँपालिका वडा नम्बर– ६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए ।

कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र एक जना घाइते भएको उनले बताए । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ४ जनाको शव भेटिएको, ३ जना बेपत्ता र ७ जना घाइते रहेको रिजालले बताए ।

तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ ।

प्रकाशित : आश्विन १, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?