०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि कायम नरहने

काठमाडौँ — निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वत: कायम नरहने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने उल्लेख गरेका छन् ।

०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि कायम नरहने

समानुपातिक तर्फको बन्दसूची कायम नरहने भएपछि प्रतिनिधि सभाको कार्यकाल शनिबारबाटै समाप्त हुने छ ।

'राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९।०५।२८ को पत्र तथा मिति २०७९।०५।२९ को राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ' आयोगको विज्ञप्तिमा छ,' आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।'

प्रकाशित : भाद्र ३१, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?