कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फोहोरबाट उत्पादित ग्यास खेर

अर्जुन राजवंशी

बिर्तामोड — झापाको दमक नगरपालिकामा फोहोरबाट उत्पादित ग्यास तीन महिनादेखि खेर गइरहेको छ । नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट दैनिक १ हजार ६ सय केजी बायोग्यास उत्पादन गरिरहेको छ । २०७६ चैतदेखि निर्माण थालिएको प्लान्ट गत असार पहिलो सातादेखि सञ्चालनमा आएको हो ।

फोहोरबाट उत्पादित ग्यास खेर

नगर क्षेत्रबाट दैनिक २० टन फोहोर निस्कने नगरपालिकाको वातावरण शाखाले जनाएको छ । त्यसमा करिब १४ टन कुहिने फोहोर हुन्छ । नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा फोहोरबाट ग्यास उत्पादनको प्लान्ट राखिएको इनर्जी कम्पनीका अध्यक्ष युवराज घिमिरेले बताए ।

कुहिने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिन्छ । उक्त प्लान्टमा कुहिने फोहोर दैनिक ३० टन प्रशोधन गर्न सक्ने क्षमता हो । पूर्ण क्षमतामा चल्दा २२ सय केजी बायोग्यास, १० टन ठोस मल र ७ टन झोल मल निकाल्न सकिन्छ । ‘अहिले हामी १४–१५ टन फोहोर प्रशोधन गरिरहेका छौं,’ इनर्जी कम्पनीका प्रबन्ध निर्देशक विमल खतिवडाले भने, ‘यसबाट दैनिक १६ सय केजी बायोग्यास र करिब ५ टन ठोस मल उत्पादन भइरहेको छ ।’

उत्पादित बायोग्यास, ठोस मल र झोल मल उपभोग गर्न नसक्दा खेर गइरहेको हो ।‘दैनिक उत्पादन हुने बायोग्यास जलाएर नष्ट गरिरहेका छौं, पाइपलाइनमार्फत घरघरमा पुर्‍याउन सकियो भने १५ सय घरमा चुलो बाल्न सकिन्छ,’ अध्यक्ष घिमिरेले भने । नगर प्रमुख राम थापाले घरघरमा पाइप जडान गरेर ग्यास बाल्ने काम स्थानीय सरकारबाट सम्भव नरहेको बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?