२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

हरिराम उप्रेती

गोरखा — १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना पक्राउ परेका छन् ।

गत शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो ।

किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । आरोपित विरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

यसैबीच, ५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अजिरकोट गाउँपालिका–५ का ५० वर्षीय एकबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार महिलालाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै सोमबार जाहेरी परेको प्रहरीले जनाएको छ । सुनारविरुद्ध पनि जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गराइ अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।

प्रकाशित : भाद्र २७, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?