चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको यस्तो छ– ४ दिने नेपाल भ्रमण कार्यक्रम- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको यस्तो छ– ४ दिने नेपाल भ्रमण कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउने भएका छन् । अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन् । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार उनको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । यस्तो छ अध्यक्ष लीको ४ दिने कार्यक्रम :

सोमबार

  • साढे ३ बजे काठमाडौंमा उत्रने ।
  • त्यसपछि सोल्टी होटलमा जाने/बस्ने ।
  • सोल्टीबाट शिष्टाचार भेटवार्ता गर्न बानेश्वरमा संसद् भवनमा आउने र त्यही द्विपक्षीय भेटवार्ता हुने, उक्त वार्तामा सबै दलका प्रमुख सचेतक र सचेतक तथा नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्य पनि हुने
  • त्यसपछि सभामुख अग्नि सापकोटाले आयोजना गरेको रात्रिभोजका लागि फेरि सोल्टी होटलमै फर्कने

मंगलबार

  • बिहान सवा ९ बजे बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने ।
  • त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने
  • बानेश्वरबाट सोल्टी होटलमा पुगेर परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने ।
  • त्यसपछि दिउँसो प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटर जाने

बुधबार

  • दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने ।

बिहीबार

  • बिहान फर्कने

प्रकाशित : भाद्र २७, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

कीर्तिपुरमा मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

तस्बिर : केशव थापा

कीर्तिपुर — न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४१ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रहरी उनीहरुमाथि जाइलागेको हो ।

प्रहरीको कुटाईबाट ४–५ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी घेराबन्दीमा राखेपनि उनीहरुले सरकारसामु न्यायको माग गर्दै नाराबाजी गर्न भने छाडेका छैनन् । अहिले प्रहरीले करिब २० जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुरमा गएको डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए । प्रहरीले आज आन्दोलनरत पीडितहरुलाई कीर्तिपुरमै रोकेर राखेको छ । तराईबाट आएका उनीहरु ४१ दिनदेखि उनीहरु कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् ।


प्रकाशित : भाद्र २७, २०७९ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×