३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नेपाली संगीत नसुनेरै हाम्रो जुनी बित्ने भयो : लोचन रिजाल

काठमाडौँ — संगीतका अध्यापक लोचन रिजालले नेपाली संगीतको संरक्षण र प्रचार गर्न नसकिएको बताएका छन् । उनले सुदूरपश्चिममा चर्चित हुड्केलीदेखि राउटेहरूले बजाउने बाजालाई संस्थागत गर्नुपर्ने र सामुदायिक विद्यालयमा तिनको पढाइ गर्नुपर्ने बताएका हुन् । 

नेपाली संगीत नसुनेरै हाम्रो जुनी बित्ने भयो : लोचन रिजाल

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको 'संगीतको सिमाना' शीर्षकको तेस्रो सत्रमा बोल्दै कलाकारसमेत रहेका रिजालले नेपालका कुनाकाप्चामा रहेका रैथाने गीत र संगीतको संस्थागत गर्नुपर्ने बताएका हुन् ।

'नेपालीको संगीत नसुनिकनै हाम्रो जुनी बित्ने भयो, सबैभन्दा ठूलो बिडम्बना त्यो पनि छ । यो सबै चिजलाई हामी सबै नेपाली मिलेर, आधिकारिक व्यक्ति मिलेर, विद्यार्थी, प्राध्यापक, शिक्षक मिलेर संस्थागत गर्नुपर्छ,' उनले भने, 'हाम्रा विडम्बना भनौं बाजा बनाउने, गीत गाउने, लेख्ने मान्छेहरूलाई वैज्ञानिकका रूपमा लिएनौं । उहाँहरू सामाजविद् हो ।'

रिजालले पहिला दशैं तिहारमा मालश्री धुन नबजाइकन, नगाइकन दशैं तिहार सुरु नहुने गरेको स्मरण गर्दै सुदूरपश्चिमको हुड्केली र दाङ, सल्यान, रोल्पामा रहेका राउटेहरूको संगीत संरक्षण गर्नुपर्ने धारणा राखे ।

नेपाली सांगीतिक सम्पदा परम्परागत रूपमा गाउँगाउँमा रहेको बताउँदै रिजालले आगामी पुस्तालाई त्यसको हस्तान्तरणका लागि काम गर्नुपर्ने बताए । नेपालीको संगीत नसुनिकनै हाम्रो जुनी बित्ने भयो । सबैभन्दा ठूलो विडम्बना त्यो पनि छ ।

यो सबै चिजलाई हामी सबै नेपाली मिलेर आधिकारिक व्यक्ति मिलेर विद्यार्थी प्राध्यापक शिक्षक मिलेर यसलाई संस्थागत गर्नुपर्छ । 'नेपालमा ३३ हजारभन्दा बढी सामुदायिक विद्यालय छन् । ती विद्यालयमा संगीत विषय पढाइ नै भएको छैन,' उनले भने । त्यसरी स्थानीय संगीतको पढाइको पहल लिँदा एकातिर गीत र संगीतको संरक्षण एंव संस्थागत हुने अर्कोतिर रोजगारीको अवसर सिर्जना हुने उनको धारणा थियो ।

संगीतलाई विश्व बजारमा लैजान सक्यो भने त्यसले नेपालको भूगोल, नेपालीहरूको जनजीवन, भेषभुषा तथा बाजागाजाको स्तरोन्नति हुने रिजालको विश्वास थियो । देशको सबै भौगोलिक संगीतलाई केन्द्रमा राखेर संगीतको माध्यमबाट देशको अर्थतन्त्रमा परिवर्तन ल्याउन पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : भाद्र २६, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?