२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गठबन्धन देशको आवश्यकता : नेता कोइराला

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले राष्ट्रिय आवश्यकताले आउँदो निर्वाचनमा गठबन्धन गर्न परेको प्रस्ट पारेका छन् । 'कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि बहुमत ल्याउँछ,' कोइरालाले भने, 'म गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा थिएँ तर अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जान बाध्य भएको हो ।'

गठबन्धन देशको आवश्यकता : नेता कोइराला

नेपाली कांग्रेस जिल्लाले शुक्रबार कावासोतीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियरुपमा बीपीले स्थापना गरेको प्रजातान्त्रिक समाजवादको औचित्य बढ्दै गएको दाबी गरे । उनले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई समाजवादको बाटोमा हिँडाउन कार्यकर्तालाई निर्देशन दिए ।

पूर्वी नवलपरासीबाट लगातार तेस्रोपटक प्रतिनिधिसभामा विजयी भइसकेका कोइराला मंसिर ४ मा हुने निर्वाचन पनि उम्मेदवार बन्ने तयारीमा छन् ।

प्रकाशित : भाद्र २४, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?