१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेसले अझै बीपीको बाटो छोडेको छैन : पौडेल

सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अझै पनि बीपीको बाटो नछोडेको दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् ।

कांग्रेसले अझै बीपीको बाटो छोडेको छैन : पौडेल

यस क्रममा उनले कांग्रेस अझै बीपीले देखाएको बाटोमै हिँडिरहेको बताएका हुन् । पछिल्लो समय कांग्रेसलाई बीपीको सिद्धान्त छोडेको आरोप लागिरहँदा त्यसको जवाफ स्वरुप पौडेलले प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस अझै त्यही सिद्धान्तमा अडिग रहेको र कहिल्यै पनि बीपीले देखाएको बाटो नछोड्ने नेता पौडेलले बताए । ‘बीपीले अहिंसाको बाटोबाट समाज रुपान्तरणका लागि देखाएको बाटोबाट कांग्रेस बाहिर जाँदैन ।’

यस्तै, अन्तरघातको कारण पछिल्लो समयमा पार्टी कमजोर बन्दै गएको चर्चा गर्दै पौडेलले भने, ‘अप्ठारोको बेला देशलाई सही मार्ग देखाउने पार्टी नै कांग्रेस हो । अहिले कांग्रेस कमजोर हुँदै जानुको कारण नै पार्टीभित्रको अन्तरघात हो ।’

प्रकाशित : भाद्र २४, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?