प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचार रोक्न सम्भव : अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा मात्रै भ्रष्टाचार रोक्न सम्भव हुने बताएका छन् । निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुक"ल नरहेको उनको भनाइ थियो । 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचार रोक्न सम्भव : अध्यक्ष दाहाल

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि निर्वाचन र शासकीय प्रणाली परिवर्त गर्न सडकमा जाने अभिव्यक्ति दिएका दाहालले कैलालीको धनगढी विमानस्थलमा मंगलबार सञ्चारकर्मीमाझ भ्रष्टाचार रोक्नका लागि शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

'हाम्रो निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यक्ता र राष्ट्रको आवश्यक्ताको अनुकूल छैन । सामान्य जनताले निर्वाचन लड्नसक्ने निर्वाचन प्रणाली हुने छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ,' उनले भने, 'निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन ।'

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा मुलुकमा स्थायित्व र विकास हुने दाहालको भनाइ थियो । 'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ,' उनले भने, 'यो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनता र राष्ट्रको हीतमा छैन भन्ने सबैलाई लाग्न थालिसकेको छ ।’

प्रकाशित : भाद्र २१, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?