मधेसका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा, जसपाबाट चुनाव लड्दै

अजित तिवारी

जनकपुर — मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका छन् ।

मधेसका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा, जसपाबाट चुनाव लड्दै

मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकार थुत्न निरन्तर कानुनी लडाइँ गरिरहे । उनकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो

झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताए ।

प्रकाशित : भाद्र १८, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?