१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत फेरिए

यातायातका महानिर्देशक दुई महिना नपुग्दै सरुवा 
ऋषिराम पौड्याल

काठमाडौँ — काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेललाई सङ्घीय मन्त्रालयको अतिरिक्त समूहमा राखेर अधिकारीलाई सरुवा गरिएको हो ।

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत फेरिए

अधिकारी दुई वर्षभन्दा बढी समयदेखि सङ्घीय मन्त्रालयमा थिए । पौडेललाई ९ महिनाअघि महानगरमा सरुवा गरिएको थियो । महानगरको प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयले बिहीबार राति अबेरसम्म सङ्घीय मन्त्रालयमा बसेर १० जना सहसचिव सरुवा गरिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले हिजो राति ९ बजे सहसचिवको सरुवा टुङ्याएको स्रोतले जनाएको छ । सहसचिव अधिकारी भने सङ्घीय मन्त्रालयका प्रवक्ता थिए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई विभाग पठाएको दुई महिना नपुग्दै सरुवा गरिएको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव टोकराज पाण्डेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । उक्त विभागको महानिर्देशकमा पाण्डेलाई पठाउने तयारी गरिएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै स्थानीय पूर्वाधार विकास विभागका सहसचिव कृष्ण कुमार मिश्रलाई मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

उक्त प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका दिपक कुमार दासलाई वित्त आयोगमा सरुवा गरिएको छ । वेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठलाई गृहमा सरुवा गरिएको छ । सङ्घीय मन्त्रालयमा अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लगिएको छ । वित्त आयोगमा कार्यरत शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित : भाद्र १७, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?