काठमाडौं-४ बाटै चुनाव लड्छु : थापा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं-४ बाटै चुनाव लड्छु : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले उम्मेदवार बन्नका लागि अहिलेसम्म कहीँबाट पनि आवेदन नदिएको बताएका छन् ।
काठमाडौं-४ बाट निर्वाचित सांसद थापाले आगामी निर्वाचनमा कास्की-१ बाट समेत उम्मेदवार बन्न आवेदन दिएको भन्ने समाचारहरू आउन थालेपछि कहींबाट पनि उम्मेदवार बन्न आवेदन नदिएको स्पष्ट पारेका हुन् ।

उनले आफू काठमाडौं-४ बाटै उम्मेदवार बन्ने बताए । 'मैले उम्मेदवार बन्नका लागि कहींबाट आवेदन दिएको छैन । खास विधानबमोजिम हाम्रो पार्टीमा उम्मेदवार बन्नकै लागि आवेदन दिने भन्ने नै छैन । पार्टीका क्षेत्र र जिल्ला कार्यसमितिहरुले सिफारिस गर्ने हुन्,' महामन्त्री थापाले भने, 'मैले कहींबाट पनि आवेदन दिएको छैन । तर चुनाव काठमाडौं-४ बाटै लड्छु ।'

महामन्त्री थापाले ०७० र ०७४ मा पनि काठमाडौं-४ बाटै चुनाव जितेका थिए ।

प्रकाशित : भाद्र १५, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रकोधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजेपछि गठबन्धन र सिट बाँडफाँट कार्यदलको संयुक्त बैठक बसेको हो ।

कार्यदलका सदस्य एवम् जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्ने तयारी रहेको बताए ।

‘बैठक चार बजेका लागि बोलाइएको हो । हामी पुग्दैछौँ,’ उनले भने, ‘आजको बैठकमा सिट बाँडफाँटबारे महत्त्वपूर्ण छलफल हुन्छ ।’ कार्यदलले यसअघि प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रहरूको निर्वाचन परिणाम अध्ययनपछि दलहरूले आन्तरिक छलफल गरेका छन् ।

आजको बैठकमा दलहरूले यसअघिको दाबीमा लचकतासहित प्रस्तुत हुने नेताहरूले बताएका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले दलहरूलाई गठबनधनको मर्म र भावनाबमोजिम लचकतासहित प्रस्तुत हुन आग्रह गरेको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग सिट बाँडफाँटबारे छलफल गरेका हुन् । बैठकले सबै दलले आ–आफ्नो दाबीबाट लचकतासहित प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित : भाद्र १५, २०७९ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×