२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अल्फाबिटाका अनधिकृत संरचना भत्काएपछि मेयर शाहले भने : मैले के बिराएँ

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नक्सा पास भएअनुसार संरचना बनाउन आग्रह गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा लेखेर शाहले अब यसरी गर्न नपरोस् भन्दै सचेत गराएका छन् ।

अल्फाबिटाका अनधिकृत संरचना भत्काएपछि मेयर शाहले भने : मैले के बिराएँ

'अबउपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,' उनले भने ।

नियमविपरीत बनाइएका संरचना हटाउन अग्रिम सूचना जारी गर्दा पनि अटेर गरेको विषयमा बिहीबार बिहान मेयर शाह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की परेको थियो । अवैध संरचना हटाउनुको साटो उल्टो नक्सा मागेपछि आक्रोशित बनेका मेयर शाहले केही घण्टाकै अन्तरालमा कम्प्लेक्समा डोजर चलाए ।

भनाभनको स्थिति सम्झाउँदै उनले लेखेका छन्, 'उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।'

प्रकाशित : भाद्र ९, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?