कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टिचिङ अस्पताल लैजाँदा भागेका कैदी लुभुबाट पक्राउ

काठमाडौँ — उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका एक कैदी बिहीबार बिहानै पक्राउ परेका छन् ।

टिचिङ अस्पताल लैजाँदा भागेका कैदी लुभुबाट पक्राउ

ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएका कैदी रामेछापको ताक्लुङका भोला बुढाथोकी बुधबार अपराह्न सवा चार बजे अस्पतालबाटै फरार भएका थिए ।

बिहीबार बिहान ७ बजे लुभु बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढाथोकी कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । उनी नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु ललितपुर कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीसँग अस्पतालमा उपचारका लागि बुधबार महाराजगन्ज गएका थिए । उनी भागेपछि प्रहरीले खोजी कार्य थालेको थियो ।

पक्राउ परेका बुढाथोकीलाई अहिले ललितपुर प्रहरी परिसरमा राखिएको छ ।

प्रकाशित : भाद्र ९, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?