तिब्बतमा कोरोना सतर्कता उच्च, व्यापारिक नाका झन् अनिश्चित

लक्ष्मी लम्साल

बेइजिङ — कोरोना महामारीका कारण केही समयका लागि बन्द रहेको नेपाल-चीन नाकाहरू झन् अनिश्चित भएका छन्। साउन अन्तिम साता तिब्बतमा कोरोना संक्रमित भेटिएपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेको थियो।

तिब्बतमा कोरोना सतर्कता उच्च, व्यापारिक नाका झन् अनिश्चित

पहिले तीन दिनका लागि भन्दै लकडाउन गरिएकोमा संक्रमण दर बढेकाले अनिश्चितकालीन लकडाउन थपिएपछि दसैंको मुखमा नाका व्यापारसमेत प्रभावित हुने भएको हो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले अगष्ट २१ सम्ममा लक्षणविहीनसहित ६ हजार जति संक्रमित फेला परेको र ४० हजार जति क्वारेन्टाइनमा रहेको जनाएको छ।

तिब्बतमा स्वास्थ्य सेवा बाहेक अन्य सरकारी कार्यालय बन्द छन्। अग्लो भूभागमा अक्सिजनको अभाव हुने भएकाले तिब्बतमा कोरोना संक्रमण नफैलियोस् भनेर चीनले निकै सतर्कता देखाइरहेको छ। तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार कतिपय नेपाली पनि संक्रमित भएका छन् । तर यकिन संख्या पत्ता लागेको छैन।

महावाणिज्य दूतावासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर केरुङ, सिगात्से, न्यालमलगायत ठाउँहरूमा संक्रमण बढेकाले पूर्णरूपमा लकडाउन गरिएको जानकारी गराएको छ।

वाणिज्य दूत जिमसन रुम्दाली राईले परराष्ट्रलाई लेखेको पत्रमा पूर्ण रुपमा बन्द घोषित नाका बाहेक अन्य स्थलमार्गबाट समेत मानवीय आउजाउ स्थगित गरिएको उल्लेख छ।

साढे ७ वर्षदेखि नाकामा चीनको अवरोध

प्रकाशित : भाद्र ६, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?