कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बलात्कार प्रयास आरोपमा एक जना पक्राउ

विद्या राई

काठमाडौँ — आफ्नै भतिजी बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायत पक्राउ परेका छन् । पीडित बुहारीले यही साउन १५ गते रामेछाप जिल्ला प्रहरी कार्यालयमा काका ससुराविरुद्ध ‘जबरजस्ती करणी उद्योग’मा जाहेरी दिएकी थिइन् ।

त्यसपछि रामेछापको सदरमुकाम मन्थलीबाट फरार भएका पवन १५ दिनपछि पक्राउ परेका हुन् ।

‘जाहेरी आएको केही दिनमै रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । आरोपितलाई खोजतलास गरिरहेका थियौं । सम्भावित ठाउँहरूमामा पनि खोजी जारी थियो,’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले भने, ‘हिजो (बुधबार) कतैबाट जिल्ला प्रहरी कार्यालयको बाटो हुँदै आइरहनुभएको रहेछ । हामीले बाटैबाट पक्राउ गर्‍यौं । प्रारम्भिक सोधपुछका लागि भनेर हिरासतमा राखेका छौं ।’

आरोपित कठायत रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष साथै रामेछाप सदरमुकाम मन्थलीस्थित मनकामना एयरपोर्ट भ्यु होटलका सञ्चालक हुन् । होटलमै राखेर काका ससुराले बुहारीमाथि दुर्व्यवहार गर्न थालेको पीडितले जाहेरीमा बताएकी छन् ।

यो पनि:

बिनुले किन इजलासमै विष पिइन् ?

प्रकाशित : भाद्र २, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?