महिला उद्यमले आर्थिक विकासमा सहयोग पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमीहरूले गर्ने हरेक उद्यमले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने बताएका छन् । उनले सबै महिलाले उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।

महिला उद्यमले आर्थिक विकासमा सहयोग पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

महिला उद्यमी महासंघले गरेको अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा बोल्दै प्रधानमन्त्री देउवाले मेलाले महिला उद्यमशिलता विकासको क्षेत्रमा थप सहयोग पुर्‍याउने अपेक्षा गरेको बताएका हुन् ।

‘यहाँ सातवटै प्रदेशका महिलाहरूले उत्पादन गरेका वस्तु र सामाग्रीहरुको प्रदर्शनी छ । ताप्लेजुङदेखि डडेलधुरासम्मका, दुर्गम गाउँका महिला उद्यमीहरूले समेत यहाँ भाग लिन पाउनुभएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले महिलाहरूले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा मात्रै होइन, महिला उद्यमीहरूबीच आपसी सीप र व्यवसायिक ज्ञान आदानप्रदान र समन्वयको समेत वातावरण बन्नेछ भन्ने अपेक्षा गरेको छु ।’

प्रधानमन्त्री देउवाले स्वदेशमै उद्यम व्यवसाय गर्न सके कसैले पनि रोजगारीका लागि भौतारिनु नपर्ने बताए । ‘उद्यमशीलताको बाटोले आज धेरै महिला दिदीबहिनीहरूलाई स्वाबलम्बी बनाएको छ । वास्तवमा स्थानीय स्रात, स्वदेशी सीप र कच्चा पदार्थमा आधारित उद्यम व्यवसाय सञ्चालन गरेर स्वरोजगारीको वातावरण बनाउन सकिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?