२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दार्चुला जिप दुर्घटना : मृतक पाँचै जनाको सनाखत

मनोज बडू

दार्चुला — गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहरा रहेका छन् ।  

दार्चुला जिप दुर्घटना : मृतक पाँचै जनाको सनाखत

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा बुधबार अपराह्न ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मुत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बझाङका सबै जना भारतको पिथौरागढ उपचारका लागि जान आएको भन्ने बुझिएको दार्चुलाका प्रहरी डिएसपी प्रतीक विष्टले बताए । प्रहरीका अनुसार घाइते हुने मालिकार्जुन गाउँपालिका–३ का ५० वर्षीया गोमतीदेवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार, महाकाली नगरपालिका–७ का २५ वर्षीय लिलाराम कोली, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना र बझाङ बुङ्गल नगरपालिका–८ का ६८ वर्षीय धनबहादुर जागरी घाइते भएका छन् । उनीहरुमध्ये ३ जना सख्त घाइते रहेका छन् ।

घाइतेहरुको गोकुलेश्वर प्रहरी चौकी, मालिकार्जुन चौकीका प्रहरी र स्थानीय उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र १, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?