१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
माओवादी स्थायी कमिटी बैठक

प्रवक्ता महरा भन्छन्- बिहीबार पदाधिकारी टुंगो लाग्छ

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले संगठनसम्बन्धी विषय टुंगो लगाउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महरा भन्छन्- बिहीबार पदाधिकारी टुंगो लाग्छ

उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा करिब-करिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटी बैठकले टुंगो लगाउने बताए ।

'आज स्थायी कमिटी बैठक बस्यो । हामी एउटा एजेन्डामा केन्द्रित रह्यौं, संगठनसम्बन्धी । केन्द्रीय कमिटी, पोलिटब्युरोमा थप्नुपर्ने केही साथीहरु, स्थायी कमिटीमा थप्नुपर्ने साथीहरु र पदाधिकारीजस्ता सबै विषयमा विस्तृत छलफल भयो । करिब-करिब हामी टुंगोमा पुगेका छौं । भोलि बिहान ८ बजे अन्तिम टुंगोमा पुग्नेछौं,' उनले भने ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

माओवादीले गत पुस महिनामा ८औं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।

प्रकाशित : भाद्र १, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?