कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो : ओली - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो : ओली 

'कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन'
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताएका छन् । उनले इतिहासमा पनि पटक-पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए । 

ललितपुरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, 'कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन । अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने ! कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।'

कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिपछि हिँडेको ओलीको आरोप थियो । 'इतिहासमा पनि पटक-पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ,' उनले भने ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने ओलीको भनाइ थियो ।

प्रकाशित : भाद्र १, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

सेयर कारोबार रकम आधा घट्यो, ५ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर काराेबार रकम अघिल्लो दिनको तुलनामा झण्डै आधा घटेको छ । मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ४० करोडमा सीमित भयो । परिसूचक नेप्से झिनो अंक ०.३६  घट्यो ।

दिनभर उतारचढाव देखिएको बजारकाे परिसूचक बन्द हुँदा भने स्थिर प्राय: २०४० अंकमा रह्यो । परिसूचक झिनो अंक घट्दा धेरैजसो कम्पनीको मूल्य बढ्यो । १०२ कम्पनीको मूल्य बढ्यो भने १७ को स्थिर र ६९ को घट्यो । बैंकिङ ३, होटल ०.१, जीवन बीमा ४५, अन्य ३ र ब्यापार उपसमूह ३ अंक घटे । निर्जीवन बीमा ३३, लघुवित्त ३, जलविद्युत् १६, विकास बैंक २२ र फाइनान्स उपसमूह ७ अंक बढे ।

५ कम्पनीहरु स्वेतगंगा हाइड्रो, मन्दकिनी हाइड्रो, अपर हेवाखोला, अपर सोलु र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावर र मनकामना स्मार्ट लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, शिवम् सिमेन्ट, नबिल बैंक, आईसीएफसी फाइनान्स र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : भाद्र १, २०७९ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×