कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको नीति, कार्यक्रम एमालेलाई रोक्ने : ओली

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमालेलाई रोक्ने नीति र कार्यक्रममा कांग्रेस रहेको बताए । 

कांग्रेसको नीति, कार्यक्रम एमालेलाई रोक्ने : ओली

काठमाडौंमा आयोजित एक कार्यक्रममा बुधबार ओलीले कांग्रेस विचारशून्य रहेको आरोप लगाएका हुन् । 'कांग्रेस ढोडको भए पनि लौरो नसमाति उभिनै नसक्ने भयो । एमालेसँग अखडामा कांग्रेस टिक्नै सक्दैन । कांग्रेस पाँच-सातवटा साथी नलिइकन उभिनै सक्दैन । कांग्रेस लुलो छ । विचारशून्य छ । कहाँ जाने थाहा छैन । भोलि उठी कहाँ जाने होइन आजै कहाँ जाने थाहा छैन,' उनले भने, 'कोसँग केका लागि मिल्ने ? किनभने राम्रो काम हुनबाट रोक्नका लागि मिल्ने । एमालेले राम्रो काम गर्छ त्यसलाई रोक्ने नीति लिएको छ ।'

कांग्रेसको नीति कार्यक्रम नै गठबन्धन रहेको र त्यसको उद्देश्य एमालेलाई रोक्ने रहेको ओलीको भनाइ थियो । 'कांग्रेसको नीति, कार्यक्रम, पुग्ने कहाँ हो भन्दा गठबन्धन । गठबन्धन गरेर के गर्ने भन्दा गठबन्धन । गठबन्धनका सबै पार्टीका सबै नेताहरूको जहान, परिवार छन् त्यसका लागि गठबन्धन गर्ने,' उनले भने ।

एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य रोक्नका लागि लोसपा, जसपा, नेसपा, एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसलगायत मिलेको उनको भनाइ थियो । ओलीले भने, 'आगामी निर्वाचन एउटा निर्णयाक मोड हो । यस मोडमा प्रतिक्रियावादी शक्तिहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ । सबै दक्षिणपन्थीहरू विभिन्न नामका दक्षिणपन्थीहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ ।'

गठबन्धन भन्ने नामै नराम्रो रहेको ओलीको भनाइ थियो । उनले भने, 'एमालेले बोकेको महान् उद्देश्य पूरा हुन नदिनका लागि अनेक तत्वहरू जोडिया जोडियै छन् । यो जोडाइ, त्यसको नाम बडो नराम्रो राखेको छ- गठबन्धन ।'

प्रकाशित : भाद्र १, २०७९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?