१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

केन्द्रीय सदस्य मनोनयनले कांग्रेसमा असन्तुष्टि, चौधरी भन्छिन् : दास भएर बस्न सकिन्नँ

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार १० महिलालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरे । मनोनीत हुनेमा पहिल्यै केन्द्रीय सदस्य भइसकेका नेतादेखि विद्यार्थी र महिला संघको राजनीतिबाट आएका नेताहरू छन् । तर, पहिल्यै केन्द्रीय सदस्य र सांसद भइसकेका नेताहरूले भने केन्द्रीय सदस्य मनोनयनमा असन्तुष्टि पोखेका छन् । 

केन्द्रीय सदस्य मनोनयनले कांग्रेसमा असन्तुष्टि, चौधरी भन्छिन् : दास भएर बस्न सकिन्नँ

प्रतिनिधिसभा सदस्यसमेत रहेकी दाङकी नेता पार्वती डिसी चौधरीले त सभापति देउवाले अन्याय गरेको भन्दै पार्टी राजनीतिबाटै बिदा हुने घोषणा गरेकी छिन् । हाल समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेकी चौधरी पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

‘पार्टीमा योगदान, निष्ठा र लगाबभन्दा गुट उपगुट हाबी छन् । जो गुटको हो, ऊबाहेक अरुले मौका पाउने अवस्था छैन,’ चौधरीले इकान्तिपुरसँग भनिन्, ‘पार्टीमा कार्यकर्ता भएर बस्न सकिन्छ, काम गर्न सकिन्छ । तर, दास भएर बस्न सकिन्नँ ।’

उनले पार्टीमा बेथिति झांगिएको बताइन् । ‘म प्रतिनिधिसभाको सदस्य हुँ । त्यसैले यो पदावधि सकिएपछि म पार्टीमा रहदिनँ भन्ने सोचेकी छु,’ उनले भनिन्, ‘उमेर पनि भयो । अब रिटायर्ड हुने समय पनि भयो । तर, नेतृत्वको यस्तो हर्कतले पार्टीलाई कहाँ पुर्‍याउने हो ? चिन्ता लाग्छ ।’ उनले सामाजिक सञ्जालमै लेखेकी छिन, ‘छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु ।’

प्रकाशित : भाद्र १, २०७९ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?