१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

निहारिका राजपुतद्वारा आरोपित श्रेष्ठ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो सन्तानको डीएनए टेस्ट गर्नुपर्ने लगायत माग राख्दै आन्दोलनरत निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले श्रेष्ठलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीप क्षेत्रीले जानकारी दिए । निहारिका राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि सन्तान जन्मिएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै आएकी छन् ।

उनले गत साता राष्ट्रपति निवास अगाडि आत्मदाह गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । धनुषाकी निहारिका राजपुत न्यायको माग गर्दै २ वर्षदेखि काठमाडौंमा बसेर पटक पटक धर्ना र अनशन बस्दै आएकी छन् । उनी माइतीघर, सिंहदरबार लगायत स्थानमा पटकपटक छोरालाई साथमा लिएरै धर्ना बस्दै आएकी छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?