निर्वाचनमा भाग लिन ८४ दलले दिए आवेदन [सूची]

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिर ४ गते सुरु हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले आवेदन दिएका छन् । निर्वाचन आयोगले यसका लागि साउन ३१ गतेसम्मका लागि समयावधि तोकेको थियो । सोही अवधिमा ती दलहरू दर्ता भएका हुन् ।

निर्वाचनमा भाग लिन ८४ दलले दिए आवेदन [सूची]

आयोगले निर्वाचनमा भाग लिन आवेदन दिएका दलहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ ।

यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।




प्रकाशित : श्रावण ३१, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?