कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रसंघीय जनसंख्या कोषको नेपाल प्रतिनिधिमा योङ होङ

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल कार्यालयका लागि नयाँ प्रतिनिधि योङ होङको ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन् । 

राष्ट्रसंघीय जनसंख्या कोषको नेपाल प्रतिनिधिमा योङ होङ

परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री खड्का र नेपाल प्रतिनिधि योङले नेपाल सरकार र यूएनएफपीएबीच ५० वर्षदेखि स्थापित सम्बन्धको महत्वबारे चर्चा गरेका थिए ।

उनीहरुले महामारी तथा युद्धका कारण सबैभन्दा धेरै प्रभावित भएका महिला तथा किशोरीहरूलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागी गराउन सशक्तिकरणका लागि बलियो साझेदारीमा जोड दिए ।

‘कोभिड १९ को महामारी र जारी युद्धले विश्वब्यापी रुपमा असमानता र गरिबीलाई बढाइदिएको छ,' परराष्ट्रमन्त्री खड्काले भने, 'यसले सबै नागरिकहरु, विशेषगरी महिला तथा किशोरीहरू लगायत जोखिममा परेका समूहहरूको गुणस्तरीय सेवामा पहुँच बढाउन यूएनएफपीए जस्ता साझेदार संस्थाहरूसँगको रणनीतिक समन्वय र सहकार्यको आवस्यकता छ ।’

नेपाल प्रतिनिधि होङले यूएनएफपीएको कार्यादेशप्रति नेपालको बलियो समर्थन रहेको र सन् २०१९ मा अयोजित नैरोबी ग्लोबल समिटमा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको परिकल्पनाप्रति नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गरिन् । उनले देशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपीएको सहयोग रहने प्रतिबद्धता दोहोर्‍याइन् ।

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको नेपाल प्रतिनिधिको जिम्मेवारी बिहीबारबाट सम्हालेकी छन् । अन्तर्राष्ट्रिय विकासमा १६ वर्षदेखि कार्यरत होङ दक्षिण कोरियाकी हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी अफ्रिकी मुलुक मलावीको यूएनएफपीए प्रतिनिधि थिइन् ।

प्रकाशित : श्रावण ३१, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?