१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७६ दल दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७६ दल दर्ता

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म हो । अहिले ५ बजेसम्म ७६ वटा दल दर्ता भएका छन्,’ प्रवक्ता पौडेलले इकान्तिपुरसँग भने ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?