कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्छौं, तर गठबन्धनमा छैनौं : गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएको तर आफू गठबन्धनको प्रतिनिधिको रुपमा नरहने बताएका छन्। यस्तै उनले आफू सत्ता गठबन्धनमा नरहने बताए ।

माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्छौं, तर गठबन्धनमा छैनौं : गौतम

‘म गठबन्धनको प्रतिनिधित्व गरेर जाँदिन । म गठबन्धनमा छैन । हाम्रो गठबन्धन सत्ता गठबन्धनभन्दा भिन्न गठबन्धन हो,’ उनले भने । नेता गौतमले माओवादी केन्द्रसँगको सम्बन्धबारे अहिले बोल्ने बेला नभएको पनि बताए ।

‘हामीले माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने हो । गोलाकारभित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने हो । तर, नेकपा एकता राष्ट्रिय अभियानको पदाधिकारी, सदस्य नै हौँ, त्यो भइरहन्छ । त्योबाहेक हाम्रो सम्बन्धबारे अहिले केही भन्नुछैन,’ उनले भने, ‘एकता गर्ने त हाम्रो अभियान नै हो । त्यो जहिले पनि हुनसक्छ ।’ उनले गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्न सहज हुने भएकाले त्यो चुनाव चिन्ह लिएको बताए ।

नेकपा एमालेका पुर्वउपाध्यक्ष रहिसकेका नेता गौतम ०७७ असोज १ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । हाल नेकपा एकता राष्ट्रिय अभियानको संयोजक रहेका गौतम राष्ट्रिय सभा सदस्य छोडेर चुनाव लड्ने तयारीमा छन् ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम बर्दिया–१ मा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?