कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

प्रतीक्षा काफ्ले

पोखरा — राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान ११ बजे बुद्ध एयरको विमानबाट पोखरा आएकी छन् । भण्डारी अहिले पोखरा महानगरपालिका–१७ विरौटास्थित होटल ग्राण्डमा बसेकी छन् । मंगलबार हुने कार्यक्रमको लागि उनी अघिल्लै दिन पोखरा आएको सुरक्षा स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

राष्ट्रपति भण्डारीले मंगलबार विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन गर्नेछिन् । त्यसपछि गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुने तालिका रहेको छ । स्रोतले दिएको सूचनाका अनुसार राष्ट्रपति भण्डारी सोमबार भेटघाटमै व्यस्त रहिन् । भण्डारीले सोमबार स्थानीय नेता, प्राध्यापक, जनप्रतिनिधिसँग भेटघाट गरेको सुरक्षा स्रोतले जनायो । राष्ट्रपति बेलुका ५ बजे अन्नपूर्ण केबलकार पुगिन् ।

राष्ट्रपति आएपछि पोखराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आइतबार साँझ मात्रै नागरिकता विधेयक प्रतिनिधिसभामा नै फिर्ता गरेको हुँदा उनीविरुद्ध प्रर्दशन हुन सक्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायले जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?