नेपाल नर्सिङ परिषद्‍को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त भएकी छन् ।

नेपाल नर्सिङ परिषद्‍को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त रजिष्ट्रारकाे जिम्मेवारी दिएका हुन् । परिषद्की अध्यक्ष प्रा. सरला केसीले रजिष्ट्रार नियुक्त नभएसम्मका लागि प्रजापतिलाई जिम्मेवारी दिएको बताइन् ।

केसीले भनिन्– ‘मन्त्रीपरिषद्ले रजिष्ट्रार नियुक्तको लागि निर्णय गरिसकेको छैन । निमित्त रजिष्ट्रार तोकिएको छ। अब काम रोकिन्न ।अर्को व्यवस्था नभएपसम्म उहाँले काम गर्नुहुन्छ।’

यसअघिकी रजिष्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएपछि परिषद्का कामहरु प्रभावित बन्न पुगेका थिए । परिषद्ले साउन २२ गते परिषद्ले सूचना जारी गर्दै अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरण आदिको सेवाहरु उपलब्ध गराउन नसकिने जनाएको थियो ।निमित्त रजिष्ट्रार तोकिएपछि यी कामहरु सुरु हुने भएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?