३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

राष्ट्रपतिबाट विधेयक फिर्ता संविधानको मर्म अनुसार : नेम्वाङ

वीरेन्द्र केसी

अर्घाखाँची — नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयक संविधानको मर्म अनुसार भएको बताएका छन् । यस विषयमा एमालेले ठीक/बेठीक केही नभनेको उनको भनाइ थियो। सरकारले प्रक्रिया अनुसार विधेयक पेस नगरेकाले संसदमा फिर्ता भएको उनले दाबी गरे ।

राष्ट्रपतिबाट विधेयक फिर्ता संविधानको मर्म अनुसार : नेम्वाङ

‘नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ,’ प्रेस चौतारीले सोमबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाटमा नेम्वाङले भने, ‘४ वर्ष लगातार संसदमा धुमधाम छलफल गर्‍यौं । सत्तापक्षले सही ढंगले पेस गरेन, गल्ती गर्‍यो । संसदमा फिर्ता आएको विधेयकका केही बुँदा परिमार्जन गर्नुपर्छ ।’ भारतमा जन्मिएका चेलीहरुले नेपाली युवासँग विवाह गरे भने ७ वर्षपछि नागरिकता दिनेबारे सबै दलबीच सहमति भएको तर पछि फरक ढंगले विधेयक परिमार्जन गरेको उनले बताए ।

एमाले देशव्यापी रुपमा निर्वाचनको समीक्षा गर्दै आउँदो मंसिर ४ गते हुने चुनावको तयारी स्वरुप प्रशिक्षण सञ्चालन भइरहेको उनले बताए ।

‘निर्वाचन आयोग र हाम्रो दबाबले मंसिर ४ गते सरकारले चुनाव गर्ने घोषणा गरेको छ,’ उनले भने, ‘५ दल गठबन्धन छ, यसमा चुनौती पनि छ तर, यसलाई सामाना गरेर अवसरको रुपमा लिन्छौं ।

स्थानीय तहमा लोकप्रिय मत आएकाले एमाले एक्लै नभएर जनताको साथबाट भारी मतले एमाले उम्मेदवार विजयी प्राप्त गर्ने उनले बताए ।

एमाले अर्घाखाँचीले आयोजना गरेको अगुवालाई कार्यकर्ता प्रशिक्षण दिन उपाध्यक्ष नेम्वाङ, सचिव टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य सूर्य थापा लगायतका नेताहरु सन्धिखर्क आएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?