३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कांग्रेसबाट निर्वाचित साढे छ सय जनप्रतिनिधि काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले सोमबार स्थानीय तहका जनप्रतिनिधिहरूको भेला आयोजना गरेको छ । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित देशभरका जनप्रतिनिधिहरू आइतबार काठमाडौं आइपुगेका छन् ।

कांग्रेसबाट निर्वाचित साढे छ सय जनप्रतिनिधि काठमाडौंमा

कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालन र कांग्रेसको नीति तथा घोषणापत्रका विषयमा अभिमुखीकरण गर्न लागेको हो ।

सोमबार र मंगलबार अभिमुखीकरण कार्यक्रम हुँदैछ । ललितपुरको होटल हेरिटेज गार्डेनमा हुने अभिमुखीकरण कार्यक्रमको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सहमहामन्त्री जीवन परियारले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामनासहित अभिमुखीकरण गर्नकालागि भेला आयोजना गरिएको बताए । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ३२९ जना प्रमुख÷अध्यक्ष र ३०१ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित : श्रावण २९, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?