१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्वाचन पर्यवेक्षणका लागि आवेदन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूबाट आवेदन मागेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक संघसंस्थालाई १५ दिनभित्र आवेदन दिन भनेको हो ।

निर्वाचन पर्यवेक्षणका लागि आवेदन माग

पर्यवेक्षणले निर्वाचनको विश्वसनियता अभिवृद्धि गर्ने आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको विश्वासनियता अभिवृद्धि गर्ने उद्देश्यले आयोगको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत आवेदन माग गरिएको बताए ।

आयोगले शनिबारमात्रै निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?